Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कट्टेबुङ च्यालेन्ज कपको उपाधि रुङसुङलाई

कट्टेबुङ च्यालेन्ज कपको उपाधि रुङसुङलाई

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १९ २०७९


कट्टेबुङ च्यालेन्ज कपको उपाधि रुङसुङलाई

फिक्कल । कट्टेबुङ च्यालेन्ज कप २०७९ को उपाधि डिएससी रुङसुङले जितेको छ । आज सम्पन्न फाइनल खेलमा अटो सेभेनलाई २–० गोल अन्तरले हराउँदै रुङसुङले उपाधि जितेको हो । पहिलो हाफमा १–० गोल अन्तरको अग्रता बनाएको रुङसुङले दोश्रो हाफमा थप १ गोल गर्दै उपाधि जितेको हो ।

उपाधिसंगै १ लाख ११ हजार रुपैया प्राप्त गरेको छ । उपविजेता बनेको अटो सेभेनले ५५ हजार रुपैया प्राप्त गरेको छ । खेलको व्यक्तिगत विधा तर्फ रुङसुङका खेलाडीहरुको वर्चस्व रहयो । उत्कृष्ट गोलरक्षक दिपेन कार्की, उत्कृष्ट डिफेन्डर शौरभ कार्की र सर्वोत्कृष्ट खेलाडी पुजन मगर घोषित भए । अनुशासित टिमको रुपमा व्बाइज अफ यल्मो पुरस्कृत भएको छ ।

कट्टेबुङ खेलकुद विकास समितिका अध्यक्ष प्रमोद गोलेको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नगर प्रमुख राई र प्रदेश फुटबल संघका सदस्य ज्ञानबहादुर राईले मन्तव्य राखे । प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुले खेलमा साथ दिए ।

प्रतियोगिताको अवसरमा खेलमैदान निर्माणका लागि जग्गादाता र पुर्व खेलाडीहरुलाई कदरपत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार