Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

स्टेफेन र मेसुके चम्किएपछि सगरमाथा फाइनलमा प्रवेश

स्टेफेन र मेसुके चम्किएपछि सगरमाथा फाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ८ २०७९


स्टेफेन र मेसुके चम्किएपछि सगरमाथा फाइनलमा प्रवेश

इटहरी । अफ्रिकी खेलाडी स्टेफेन समिर र मेसुके ओलमाउ प्रेरित खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र
क्लबलाई ३—१ गोल अन्तरले हराएको हो ।

जितसंगै सगरमाथाले कम्तीमा ५ लाख रुपैया सुरक्षित गरेको छ । सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो । मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए ।

१२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा मेसुकेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३—० बनाए । ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे । डिबक्सभित्र अविशेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो ।

सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन् । मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने । पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए ।

१५ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा बिजय भुजेलले गोलरक्षकलाई विट गराएपनि गोल गर्न सकेनन् । १९ औ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए । २२ औ मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो । ३१ औ मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके । पहिलो हाफको तुलनामा दोश्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन् ।

६४ औ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो । दोश्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सब राईको हेडर पोष्टमाथिबाट बाहिरियो । इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन् । सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो ।

२३ औ मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए । २५ औ मिनेटमा डिफेन्डर बिच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेको प्रहार क्लियर हुन पुग्यो । ५३ औ मिनेटमा मेसुकेको क्रसमा राजिव लोप्चन गोल गर्न चुके । लगतै मेसुकेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे ।

खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे । खेलपछि प्रतिक्रिया दिँदै सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचे अनुरुपको प्रर्दशन नभएको बताए । उनले अफ्रिकन खेलाडीको कारण जित निस्किएको अस्विकार गर्दै टिमअपले जित निस्किएको बताए ।

गुरुङले विपक्षी खेलाडीहरु अफ्रिकनको कारणले दबाबमा परेपनि खेलाडीहरु बिच तालमेल राम्रो देखिएको बताए । उनले फाइनल खेलमा विपक्षी हेरेर टिमको रणनीति तयार गरिने बताए । यता पराजित टोली मछिन्द्रका पहिलो हाफमा पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित भएको बताए ।

उनले रेफ्रीको गल्तीका कारण दोश्रो गोल हुन पुगेको आरोप लगाए । उनले अफ्रिकन खेलाडीहरुको कारण भन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण भएको बताए । उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोश्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए ।

प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ । आगामी चैत्र ११ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार