Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिकामा बाख्रा पालनमा आकर्षण बढ्दै

फाकफोकथुम गाउँपालिकामा बाख्रा पालनमा आकर्षण बढ्दै

  • लिला सुब्बा
  • शनिबार, चैत्र ४ २०७९


फाकफोकथुम गाउँपालिकामा बाख्रा पालनमा आकर्षण बढ्दै

फाककफोकथुम । डाले घाँस प्रशस्त पाइने इलामको पश्चिमि फाकफोकथुम गाउँपालिका भित्रका किसान बाख्रा पालनमा आकर्षित भएका छन् । गाउँघरमा बाख्रा खरिद गर्ने व्यवसायी पुग्न थालेपछि किसानहरु बाख्रा पालनमा आकर्षित भएका हुन् ।
फाकफोकथुम ३ का रमेश खतिवडा अहिले जग्गा भाडामा लिएर बाख्रा पालन गर्दै आएका छन् । फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकमा व्यवसाय गर्दै आएका खतिवडाले २० वटा बाख्रा पालेका छन् । उनी बाख्रा फार्ममा बिहान र बेलुकी खट्ने गरेका हुन् ।
खतिवडाको बाख्राबाट बार्षिक १ लाख बढी आम्दानी छ । फाकफोकथुम ४ का पूर्णकुमार राईले पनि वैदेसिक रोजगारीबाट फर्किएपछि व्यवसायीक बाख्रा पालेका छन् । महाभारत पहाडमा पर्ने फाकफोकथुममा डाले घाँस प्रशस्त हुने भएकाले किसानको बाख्रा पालनमा आकर्षण बढेको हो ।
बाख्रा खरिद गर्ने व्यवसायी घरमा पुग्ने गरेकाले किसानलाई खरिद बिक्रिको समस्या छैन । फाकफोकथुम गाउँपालिकामा स्थानीय खरि जातको बाख्रा पालन हुँदै आएको थियो । तर अहिले किसानले बोयर र साधन जातका बाख्रा पालन बढेको छ ।
बाख्रा पालन गर्ने किसानलाई फाकफोकथुम गाउँपालिका र प्रदेश सरकारबाट पनि अनुदानका कार्यक्रमहरुमा समाबेस गर्दै आएको छ । बाख्रा खरिदका लागि सहज बनाउन पनि गाउँपालिकाले तराई क्षेत्रका व्यवसायीहरुसँग सहजिकरण गर्दै आएको पालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
बजारमा खसि बोकाको माग समेत बढेपछि किसानले फार्म नै दर्ता गरि बाख्रा पालन गर्दै आएको छन् । यस गाउँपालिकामा पालिएका खसिबोका तराईका बजारमा निर्यात गरि काठमाडौँ र पोखरासम्म पु¥याइने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार