इलाम । प्रथम पालिका स्तरिय खुल्ला पुरुष नकाउट फुटबलको उद्धघाटन खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्दैछन् । साखेजुङ खेलकुद विकास समितिको आयोजनामा नेपालटार माविको खेलमैदानमा आजबाट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा इलामका ९ पालिका सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका सहभागी छन् । त्यसैगरी चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र आयोजक टिमले प्रतिस्पर्धा गर्नेछन् । माङसेबुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएको छैन् ।
खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धनको उद्धेश्य राखेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष निम्तेन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पालिका बाहिरबाट समेत खेलाडीहरुलाई सहभागिता जनाउन दिइनेछ । ‘पालिकाका नामबाट सहभागिता जनाउने हो खेलाडीहरु जहाँ सुकैको ल्याएपनि हुन्छ ।’ उनले भने
प्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्ने प्रचारपसार समिति संयोजक टेकेन्द्र बस्नेतले जानकारी दिए । आगामी चैत्र १० गते प्रतियोगिताको फाइनल हुनेछ ।