Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पिएनजी ९५ रनमा समेटियो, सन्दीपले लिए सर्वाधिक ५ विकेट

पिएनजी ९५ रनमा समेटियो, सन्दीपले लिए सर्वाधिक ५ विकेट

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २९ २०७९


पिएनजी ९५ रनमा समेटियो, सन्दीपले लिए सर्वाधिक ५ विकेट

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी ९पिएनजी० लाई ९५ रनमा समेटेको छ। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो। पिएनजीका लागि कप्तान अर्साद भालाले सर्वाधिक २० रन बनाए ।

सेसे बाउले १८ रन, चाल्र्स अमिनीले १६ रन र हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको योगफल बनाउन सकेनन् । पिएनजीलाई सस्तैमा समेट्न स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका छन्। साथै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार