Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा आपतकालिन राहत वितरण

माङसेबुङमा आपतकालिन राहत वितरण

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २८ २०७९


माङसेबुङमा आपतकालिन राहत वितरण

माङसेबुङ । इलामको माङसेबुङ २ का आगालागी पीडित हस्तवीर लिम्बूको परिवारलाई माङसेबुङ गाउँपालिकाले आपतकालीन राहत उपलब्ध गराएको छ । पालिकाको विपत व्यवस्थापन कोषबाट आपतकालीन राहतका रूपमा अत्यावश्यक खाद्यान्न सामग्री २ बोरा चामाल, दाल तेल, मसला र भाँडावर्तन, सिरक उपलब्ध गराइएको हो । शनिबार दिउँसो आगालागी हुँदा लिम्बूको घर जलेर नष्ट भएको थियो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष कृष्ण बस्नेत, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, विपत व्यवस्थापन समिति (सचिव) फोकल पर्सन युवराज दाहाल, लेखाशाखाबाट राम दुलाल, वडा नम्बर २ का वडा सदस्य मनिकुमार राई, पत्रकार बालकृष्ण बस्नेतको सहभागिता रहेको थियो ।

आगलागीमा १४ लाख ४६ हजार बराबरको धनमाल जलेर नष्ट भएको इभाङ प्रहरीले जनाएको छ । विद्युत सर्त भइ आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार