Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

चैत ४ गते शुरु हुँदै इटहरी गोल्डकप

चैत ४ गते शुरु हुँदै इटहरी गोल्डकप

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २६ २०७९


चैत ४ गते शुरु हुँदै इटहरी गोल्डकप

इलाम : १३ औ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गते शुरु हुने भएको छ। इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक साता चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रूपैयाँ प्रदान गरिनेछ।

इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाइज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेन्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार