Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डको सर्वोत्कृष्ट

जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डको सर्वोत्कृष्ट

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २५ २०७९


जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डको सर्वोत्कृष्ट

फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न १३ औ राष्ट्रपति रनिङ शिल्डमा इलामको जुविलेन्ट इलाइट एकाडेमीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ । इलाम नगरपालिकाबाट प्रतिनिधित्व गरेको जुविलेन्टले प्रतियोगितामा कुल १४ स्वर्ण पदक जितेको हो ।

उसुको ६ वटै विधामा जुविलेन्टले स्वर्ण जितेको छ । तेक्वान्दोमा ६ मध्ये ४ स्वर्ण जितेको छ । त्यसैगरी एथ्लेटिक्समा ४ स्वर्ण जितेको छ । ४ सय मिटर, २ सय मिटर, ८ सय र ४ सय गुणा १ सय रिले दौडमा १ स्वर्ण जितेको छ । जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डको डिफेन्डिङ च्याम्पियन समेत हो ।

जुविलेन्टले ११ औ र १२ औ संस्करणको प्रतियोगिताको उपाधि समेत जितेको थियो । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले जुविलेन्टका प्रिन्सिपल भुषन्त सुब्बालाई बिजेता शिल्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार