Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सशस्त्र प्रहरीले ११ लाख बढीको सामग्री बरामद

सशस्त्र प्रहरीले ११ लाख बढीको सामग्री बरामद

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २३ २०७९


सशस्त्र प्रहरीले ११ लाख बढीको सामग्री बरामद

पशुपतिनगर ।  सशस्त्र प्रहरीले नेपाल भारत सिमा नाकाबाट करिब ११ लाख ७५ हजार मुल्य बराबरको सामाग्री बरामद गरेको छ । शसस्त्र प्रहरी बल पशुपतिनगर विओपीका शसस्त्र प्रहरी निरिक्षक दिनेश आचार्यको नेतृत्वमा खटिएको टोलीले ३२ काटुन साहारा चुरोट र २ सय ५० केजी पोस दाना वेवारिसे अवस्थामा बरामद गरेको हो ।

नेपालबाट भारत लग्दै गरेको अवस्थामा मानेभञ्ज्याङ रोडको दशगजाबाट सामानहरु बरामद गरिएको हो । उक्त सामग्रीको हकदाबीको लागि १५ दिने सुचना प्रकाशित भइसकेको छ । यहि कानुनबमोजिम कसैले इजाजत लिएर आएमा भञ्सार काट्ने पनि व्यवस्था रहेको छ ।

समय अवधि भित्र कसैले सम्पर्क नगरेमा १५ दिनमा खुल्ला लिलामको सुचना प्रकाशित गर्ने पशुपतिनगर भन्सारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार