फिक्कल । कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ को दोश्रो दिनको खेलमा हसिना एफसी र व्वाईज अफ यल्मो बिजयी भएका छन् । पहिलो खेलमा यल्मोले रम्फोक एफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । यल्मोका सुशान्त कार्की र रम्फोकका रुपेश राईले गोल गरेका थिए ।

त्यसैगरी दोश्रो खेलमा हसिना एफसी श्रीबुङले लक्की डेरीलाई हराएको हो । हसिनाले समेत खेल पेनाल्टी सुटआउटमा जितेको हो । प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा युनाइटेड फिक्कल र लोअर कट्टेबुङ भिड्नेछन् । त्यसैगरी दोश्रो खेलमा आरुबोटे एफसी र कन्याम एफसी बिच प्रतिस्पर्धा हुनेछ ।