Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा दश जना सहिदका परिबारलाई नेकपा माओबादीको सम्मान

रोङ गाउँपालिकामा दश जना सहिदका परिबारलाई नेकपा माओबादीको सम्मान

  • गणेश अर्याल
  • आइतबार, फाल्गुन २१ २०७९


रोङ गाउँपालिकामा दश जना सहिदका परिबारलाई नेकपा माओबादीको सम्मान

रोङ । इलामको रोङ गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ । माओबादीको सहिद सप्ताह अन्तरगत आज रोङ गाउपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिएको हो । माओबादी केन्द्र रोङका अध्यक्ष देबकुमार राईको सभापतित्वमा भएको एक सक्षिप्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको हो ।


यसरी सम्मानित हुने सहिद परिवारहरुमा सहिदहरु क्रमश जीवन प्रधान, लिला तिम्सिना, फौदशिह लिम्बु, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूर्ण गुुरुङ, चेतन भटराई, धनबहादुर मगर र हरि दाहालको परिवारका सदस्यहरु रहेका छन् । सहिद परिवारका सदस्यहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाइले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । दश बर्षे जनयुध्द कालमा राज्य पक्षबाट मारिएका हरुको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चापागाइले १० बर्षे जनयुध्दको फलस्वरुप अहिले देशमा ३ तहको सरकार बनेको भएपनि जनताको मनबाट माओबादी पाटी हट्न थालेको दुखेसो सुनाउनु भयो । जनयुध्द र सहिदको सम्मानमा उपयुक्त स्थानमा सहिद पार्क बनाउन आगामी बर्ष बजेट र कार्यक्रम पार्ने बताए । कार्यक्रममा माओबादी रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवास, लगायतले पाटीको बर्तमान अवस्था र चुनौतीको बारेमा आ आफनो धारणा राख्नु भएको थियो । हिल उड रिसोर्टमा भएको कार्यक्रम माओबादी रोङका सचिब इन्द्र बहादुर राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार