इलाम । उदयपुरको कटारीमा प्रथम मेयरकप टच रग्बी प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशमा पहिलो पटक स्थानीस्तरमा रग्बी खेल प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समिति कटारीको आयोजना र नेपाल रग्बी संघ उदयपुरको सहयोगमा कटारी–४ स्थित टाईगर फिल्ड खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो ।
“प्रदेशमै यो पहिलो रग्बी प्रतियोगिता हो । प्रतियोगितामा कटारी नगरपालिका भित्रका पुरुष र महिलाका समान ५÷५ िटिमले प्रतिष्पर्धा गरिरहेका छन् । विजेता टिमले नगदका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । प्रतियोगिताको कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले उदघाटन गरिन् ।
‘रग्बीका लागि प्रदेशमा पहिलो पटक पालिकास्तरमा खेल भएको हो , कहिं कतै अरु क्लबहरुबाट खेल भएपनि स्थानीयस्तरका खेलाडीले रग्बीमा प्रतियोगिता खेलेको यो पहिलो हो ।’ नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष बिनोद कट्वाल दिवसले भने ‘ रग्बी खेलमा पुरुष भन्दा पनि महिलाहरुले राम्रो आकर्षण देखाएका छन् ।’
अध्यक्ष कटुवालले देश भरमै पालिकास्तरमा रग्बीको खेल हुनुपर्ने बताए । कटारीमा रग्बी प्रति आकर्षण वढ्दै गएकाले प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ बताउँछन् । ‘कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा विद्यार्थीहरुको राम्रो सहभागिता देखियो ।’ अध्यक्ष तामाङले भने ‘त्यसैले यो खेलको गतिविधि पनि बढाउनु पर्ने रहेछ भनेर प्रतियोगिताको आयोजना गरेका हौं ।’