Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कट्टेबुङ फुटबल च्यालेन्ज कप : उद्धघाटन खेलमा आयोजक र बुट्टाबारी भिड्ने

कट्टेबुङ फुटबल च्यालेन्ज कप : उद्धघाटन खेलमा आयोजक र बुट्टाबारी भिड्ने

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १७ २०७९


कट्टेबुङ फुटबल च्यालेन्ज कप : उद्धघाटन खेलमा आयोजक र बुट्टाबारी भिड्ने

फिक्कल । कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ को उद्धघाटन खेलमा आयोजक र बुट्टाबारी एफसी झापा बिच प्रतिस्पर्धा हुने भएको छ । पूर्व क्षितिज क्लब, नव ज्योति क्लब, एफ एस समाज, सृजना समाज र कट्टेबुङ युवा खेलकुद समितिको संयुक्त आयोजनामा फागुन २१ गतेबाट संचालन हुने प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछन् ।

अर्को खेलमा नोर्लिङ टी पान्दाम र पापा सेभेन विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी ३६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सेभेन ए साइडको हुनेछ । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा लोकल सन्देश अनलाइन, रेडियो फिक्कल र सूर्योदय फुटबल स्टोरीज रहेको छ । प्रतियोगिताको फाइनल चैत्र ११ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार