चतुरे । इलामको माङसेबुङ्ग गाउँपालिकामा आयुर्वेद उपचार सेवा शुरु भएको छ । माङ्सेबुङ्ग गाउँपालिका ३ स्थित चतुरेमा आयुर्वेद उपचार सेवा शुरु भएको हो । उपचार सेवा पाएपछि स्थानीयले आयुर्वेद उपचार सेवा छन् ।

उपचार सेवा पाएपछि जनताले आयुर्वेद सेवा राम्रोसँग पाउन थालेको माङ्सेबुङ्ग ३ का अध्यक्ष जनम खम्बुले बताए । दैनिक ३० देखि ५० जनासम्म आयुर्वेद उपचार सेवाका लागि आउने गरेको आयुर्वेद औषधालयका बालकृष्ण भट्टराईले बताए ।