सन्दकपूर । २० वर्षदेखि अलपत्र अवस्थामा रहेको इलामको सन्दकपूर ५ स्थित खोपिखर्क सिचाई ओजना निर्माण भएपछि किसानले सिचाई सुविधामा सहज भएको छ । ४७ लाख बढी रकममा निर्माण सम्पन्न भएको सिचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद वर्षात नै सिचाई सुविधा पुगेका वडा सदस्य कुमार गुरुङ्गले बताए ।
२० वर्ष अघि निर्माण भएको कुलो भत्किएपछि सन्दकपूर ५ जमुनाका किसान समस्या थिए ।
कृषि उपज, तरकारी र अलैची खेतीका लागि प्रयोग हुने कुलो मर्मत नहुँदा किसानले सिचाईको लागि समस्या भोग्दै आएका थिए । तर अहिले साना सिचाई कार्यक्रमबाट कुलो पुनः निर्माण भएपछि सन्दकपूर ५ जमुनाको हाँगेथाम क्षेत्रका किसानहरुको सिचाई समस्या हटेको छ ।

स्वीच सरकार विकास सहयोग, संघीय, प्रदेश सरकार, स्थानीय तह र उपभोक्ताको जनश्रमदानमा कुलो पुनः निर्माण भएको हो । खोपिखर्क साना सिचाई ओजना ४७ लाख ४९ हजारमा निर्माण सम्पन्न भएको हो । सिचाई योजना सम्पन्न भएपछि व्यवसायीक कृषि उपज उत्पादनमा सहज भएको वडाध्यक्ष यज्ञ गुरुङ्गले बताए ।
सिचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद वर्षात नै सिचाई सुविधा पुगेको छ । २ हजार ९ सय ४७ मिटर लामो पक्कि कुलो निर्माणका लागि उपभोक्ताको १० प्रतिशत, स्थानीय तह, संघीय, प्रदेश सरकारको २०÷२० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लगानी रहेको छ ।

दूई चरणमा कार्यान्वय हुँदै आएको साना सिचाई कार्यक्रममा अन्तरगत इलाम र पाँचथरमा २० वटा सिचाई योजना सम्पन्न भएको साना सिचाई कार्यक्रम फिक्कल कष्टरका प्रमुख केशव लामाले बताए ।
साना सिचाई कार्यक्रम उपभोक्ताहरु र आयोजनाबाट नियमित अनुगमन हुने भएकाले गुणस्तरीय काम हुने गरेको छ । जसले गर्दा ग्रामीण क्षेत्रका कुलोहरुको दिगोपना हुनुका साथै किसानले सिचाई सुविधा पाएका छन् ।