Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका १० मा कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन प्रविधि हस्तान्तरण

इलाम नगरपालिका १० मा कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन प्रविधि हस्तान्तरण

  • रोशन राई
  • मंगलबार, फाल्गुन १६ २०७९


इलाम नगरपालिका १० मा कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन प्रविधि हस्तान्तरण

गोदक । इलाम नगरपालिका १० मा कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ । इलाम नगरपालिका १० को कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रम अन्तरगत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो । किसानलाई ७० प्रतिशत अनुदानमा प्रविधि उपकरण हस्तान्तरण गरिएको वडाध्यक्ष दिलिप प्रधानले बताए ।


इलाम नगरपालिकाले किसानलाई मोटर सहितको च्यापकटर, तरकारी खेतीका लागि टनेल, नेट र सिचाईका लागि पाइप हस्तान्तरण गरिएको हो । किसानलाई प्रविधि उपकरणहरु इलाम नगरपालिका प्रमुख केदार थापा, प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्का, १० नम्बरका वडाध्यक्ष दिलिप प्रधान लगायतले हस्तान्तरण गरेका थिए ।


इलाम नगरलिका १० को सामुदायीक भवनमा किसानलाई गाईको गोठ सुधारका लागि २८ किसानलाई सामग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै मोटर सहितको च्यापकटर २२ वटा, टनेल ४० वटा, नेट ३५ सेट, सिचाई पाइप २ हजार १ सय मिटर र मल्चिङ प्लास्टिक एक जना किसानलाई हस्तान्तरण गरिएको थियो ।

इलाम नगरपालिका १० को १३ लाख ९२ हजार बराबरको बजेटबाट प्रविधि हस्तान्तरण कार्यक्रम गएिको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार