Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फागुन २१ बाट कट्टेबुङ च्यालेन्ज कप २०७९

फागुन २१ बाट कट्टेबुङ च्यालेन्ज कप २०७९

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १५ २०७९


फागुन २१ बाट कट्टेबुङ च्यालेन्ज कप २०७९

फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ मा कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ हुने भएको छ । पूर्व क्षितिज क्लब, नव ज्योति क्लब, एफ एस समाज, सृजना समाज र कट्टेबुङ युवा खेलकुद समितिको संयुक्त आयोजनामा फागुन २१ गतेबाट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नेपाल र भारतका गरी ३६ टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक प्रमोद गोलेले बताए ।

प्रतियोगितामा भारतको कालेम्पोङ र झापाको बुट्टाबारी फुटबल क्लब सहभागि हुनेछन् । अन्य क्लबहरु इलामका विभिन्न क्षेत्रबाट सहभागिता जनाउने आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् । खेलमैदानका कारण विगत ५÷६ बर्ष देखि कट्टेबुङ क्षेत्रमा फुटबल प्रतियोगिता आयोजना हुन सकेको छैन् ।

खेलकुदको माध्यमबाट युवाहरुलाई जागरुक गराउन प्रतियोगिता आयोजना गरिएको सदस्य जिवन राईले जानकारी दिए । प्रतियोगिता सेभेन ए साइडको हुनेछ । प्रतियोगिताको खेल तालिका मंगलबार अपराहन्न १२ बजे प्रकाशन गरिने भएको छ । प्रतियोगिता संचालनका लागि करिब ८ लाख ३८ हजार रुपैया लाग्ने अनुमान रहेको अध्यक्ष गोलेले जानकारी दिए ।

प्रतियोगिता संचालनका लागि स्थानीयहरुसंग सहयोग माग गरिएको छ । प्रतियोगिता संचालनका लागि सूर्योदय नगरपालिकामा प्रस्तावनापत्र समेत पेश गरिएको क्लबका सचिव नरेश राईले जानकारी दिए । खेलमैदान वरपर विभिन्न स्टलहरु समेत राखिने भएको छ । प्रतियोगितामा जिल्ला फुटबल संघले प्राविधिक सहयोग उपलब्ध गराउने संघका सदस्य सुरेन राईले जानकारी दिए ।

खेलप्रेमीहरुलाई आर्कषित गराउन अन्य रोमाञ्चक खेलहरु समेत राखिने आयोजकले जनाएको छ । प्रतियोगितामा सेमीफाइन अघि हरेक दिन २ वटा खेल संचालन हुनेछन् ।

तस्बिर : प्रतियोगिता बारेमा जानकारी गराउँदै आयोजक

प्रतिक्रिया
सम्बन्धित समाचार