Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १५ २०७९


शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२र०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ ।

स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार