इलाम । इलाम उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्ष दिपेश श्रेष्ठ बिजयी भएका छन् । प्रविन श्रेष्ठलाई हराउँदै दिपेश बिजयी भएका छन् ।
बाणिज्य उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ बिजयी भएका छन् । देवी पौडेल र बालकुमार श्रेष्ठको मतबराबर भएपछि गोलाप्रथाबाट श्रेष्ठ बिजयी भएका छन् । महिला उपाध्यक्षमा विद्या भट्टराई र महासचिव हेमन्त गौतम निर्विरोध भएका छन् ।
सचिवमा सुमन दास बिजयी भएका छन् । कोषाध्यक्ष सन्तोसा भक्तराजलवट निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा खुल्ला ५ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेमा निपेश खत्री, हिमाल बस्नेत, दिपेश खत्री, धर्वेन्द्र सुवेदी सुमन, दिनेश महत रहेका छन् ।
महिला सदस्यमा सारदा उप्रेती , लिला ढुङ्गाना, भगवतीदेवी पराजुली निर्वाचित भएका छन् ।