पाटापुर । दक्षिणी इलामको रोङ गाउँपालिका ६ को पाटापुर गाउँलाई जलबायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । सोलार लिफ्टीडं प्रविधिको सीचाई आयोजना निर्माण गरिएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र मार्फत सोलार लिफ्टीङ प्रविधिको सीचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम संचालन भएको हो ।

आयोजनाको संयुक्त रुपमा कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गरे। नामसालि सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सीचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ ।

पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मीनी पावर टिलर, कुटानी पीसानी मील र च्यापकटर मेशीन वितरण गरिएको छ ।
