Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रदेश–१ बुद्दिचालको अध्यक्षमा सुरेन्द्र राई

प्रदेश–१ बुद्दिचालको अध्यक्षमा सुरेन्द्र राई

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १० २०७९


प्रदेश–१ बुद्दिचालको अध्यक्षमा सुरेन्द्र राई

इलाम । नेपाल बुद्दिचाल संघ, प्रदेश–१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेपाल बुद्दिचाल महासंघको केन्द्रिय अध्यक्ष विदुर गौतमको प्रमुख आतिथ्यतामा झापा दमकमा सम्पन्न बुद्दिचाल समिति दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति र ५ जनालाइ केन्द्रिय अधिबेशन प्रतिनिधिमा छानेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा सचिवममा खोटाङका  याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, कोषाध्यक्षमा उदयपुरकी इश्वरी कार्की निर्र्वाचित भएका छन् । सदस्यहरुमा पाँचथरका महेन्द्र नेम्बाङ, तेह्रथुमका ईङसा कन्दङ्बा ताप्लेजुङका राम कुमार मादेन मोरङका सुर्दशन प्रसाद भट्टराई रहेका छन् ।

त्यस्तै गरि केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुमा बासुदेव, बिश्वबिजयि घिमिरे, अतुल दाहाल , राजेन्द्र कुमार पराजुली र बिनिता निरौला रहेका छ्न । कार्यक्रममा महांसंघ केन्द्रिय सचिव मोनालिसा खम्बु, पुर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद रिजाल, केन्द्रिय सदस्य दिपेन राई लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि गौतमले बुद्दिचाल विकासमा संघलाई साथमा लिएर राज्य अझ जिम्मेवार भएर लागे नेपालको अन्तर्राष्ट्रिय स्तरमा विशिष्ठ पहिचान बनाउन सक्ने सम्भावना भएकोले रचनात्मक र क्रियाशिल रहन विशेष निर्देशन दिएका थिए । यता महासंघ सचिव खम्बुले बुद्दिचाल खेल बालवालिका र युवालाइ विशेष समर्पित गरेर विकास लागे चाडै प्रगति हुने बताउँदै विशेष गरि महिला खेलाडी उत्पादनमा समेत लाग्न आग्रह गरिन् ।

नवनिर्वाचित समिति अध्यक्ष सुरेन्द्र कुमार राईको अध्यक्षता बसेको पहिलो बैठकले सबै अतिथि र प्रतिनिधिलाइ धन्यवाद ब्यक्त गर्दै प्रदेश नं १ मा बुद्दिचाल विकास, विस्तार र प्रबर्द्धनका लागि कार्ययोजना समेत बनाएको छ । कार्ययोजनामा प्रदेश नम्बर एकलाइ चेस पर्यटनको रुपका विकास गर्ने नयाँ खेलाडी उत्पादन र युवा खेलाडीको सिप र क्षमता विकास साथै अग्रजलाइ सम्मान गर्दै अनुभवलाइ लिएर लाग्ने निर्णय गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी प्रदेश बाट उत्पादनका जोड दिने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत गर्ने प्रदेशले मुख्य लक्ष्य राखेको छ । आगामी बैठकमा बुद्दिचाल विकासको लागि गुरुयोजना निर्माणमा लाग्ने अध्यक्ष राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार