Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किसानको उत्पादन राज्यले खरिद गर्ने नीति बनाउन प्रदेश सांसद अधिकारीको माग

किसानको उत्पादन राज्यले खरिद गर्ने नीति बनाउन प्रदेश सांसद अधिकारीको माग

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ९ २०७९


किसानको उत्पादन राज्यले खरिद गर्ने नीति बनाउन प्रदेश सांसद अधिकारीको माग

इलाम । प्रदेश सांसद खगेश्वरी अधिकारी बन्दनाले किसानको हरेक उत्पादन राज्यले किन्ने र उपभोक्तालाई सहुलियत केन्द्र खोलि विक्री वितरण गर्न नीति प्रदेश १ सरकाले अबलम्बन गर्न आग्रह गरेकी छन् । १ नम्बर प्रदेश दोश्रो प्रदेश सभाको प्रथम अधिवेशन दसौँ बैठकमा बोल्ने क्रममा उनले किसानहरुले आफ्नो उत्पादनको उपयुक्त मुल्य नपाएपनि बजारमा ३÷४ गुणा बढि मुल्यमा खरिद गर्नुपर्ने अवस्था रहेको औल्याइने ।

उनले नेपाललाई कृषि प्रधान मुलुक भनेर चिनाउनका लागि किसानहरुको उत्पादनलाई सहुलियत मुल्यमा सरकारले खरिद गर्नुपर्ने बताइन् । ‘भनिन्छ नेपाल कृषि प्रधान देश हो । नेपालका साना साना भाईबैनीहरुलाई कक्षा कोठामा राखेर सिकाइने कुरा । प्रदेश देखि राज्यका मन्त्री प्रधानमन्त्री भाषण गर्दा सवैभन्दा धेरै प्रयोग हुने शव्द नै नेपाल कृषि प्रधान देश हो । तर नेपाल कृषि प्रधान देश भएको ठाउँमा कृषकको अवस्था कस्तो छ आजसम्म ।’

सम्बोधनका क्रममा उनले भनिन् ‘कृषि प्रधान भएको नेपालमा कृषकहरुले कृषि उत्पादन गरेको मुल्य पाइरहेको छैन् । तर हरेक उपभोक्ताले कृषि उत्पादन महंगोमा किन्नुपरेको अवस्था छ । यो अवस्था कहाँबाट सुजना भयो । कृषकको विक्री मुल्यमा भन्दा ३÷४ गुणा मुल्यमा बढी मुल्यमा खरिद गर्नुपर्ने अवस्था कसरी आयो ? यसको समाधान आजसम्म किन खोजिएन् ? ’

उनले आफुले प्रतिनिधित्व गरेको क्षेत्रमा रहेका चिया किसानहरुल समेत मुल्य नपाउँदा समस्यामा रहेको संसदमा ध्यानाकर्षण गराइन् । ‘अझ मैले प्रतिनिधित्व गरेको क्षेत्रमा किसानहरुले चियाको न्युनतम मुल्यसम्म पाएको अवस्था छैन् । चिया किसानहरुले न्युनतम मुल्य नपाइरहँदा जिविका धान्न पनि गाह्रो अवस्था छ । समग्र किसानको समस्या सरकारले नीति बनाएर मात्र समाधान गर्न सक्ने देखिन्छ । जबसम्म किसानको हरेक उत्पादन सरकारले किन्ने र सहुलियत कृषि बजार मार्फत विक्री वितरण गर्ने कार्य गर्दैन तबसम्म किसानको उत्पादनले मुल्य प्राप्त गर्न सक्दैन् । तसर्थ माननीय सभामुख मार्फत कृषि मन्त्री ज्यूलाई आग्रह गर्दछु ।’

अधिकारीले नीजि क्षेत्रले सरकारसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए कृषि क्षेत्रमा सुधार हुने आशय व्यक्त गरिन् ‘किसानको हरेक उत्पादन राज्यले किन्ने र उपभोक्तालाई सहुलियत केन्द्र खोलि विक्री वितरण गर्न नीति प्रदेश १ सरकारले अबलम्बन गरोस् । नीजि क्षेत्रले खरिदमा सरकारसंग प्रतिस्पर्धा गर्नुपरे मात्र चिया किसान देखि हरेक किसानले आफ्नो उत्पादनले मुल्य पाउने र नेपाल कृषि प्रधान देश हो भन्ने कुराले सार्थकता पाउने कुरा अनुरोध गर्दछु ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार