Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

माइजोगमाईको पर्यटकीय क्षेत्र फाटकमा पर्यटकको आकर्षण (फोटो फिचर)

माइजोगमाईको पर्यटकीय क्षेत्र फाटकमा पर्यटकको आकर्षण (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, फाल्गुन ९ २०७९


माइजोगमाईको पर्यटकीय क्षेत्र फाटकमा पर्यटकको आकर्षण (फोटो फिचर)

जौबारी । हिउँसँग लुटपुटिदै, कुहिरोसँग साइनो गास्दै अनि सिरसिर चल्ने हावासँगै मनभरिका थकान मेटाउन सकिने माईजोगमाई गाउँपालिका इलामको सुदुरपूर्वमा अवस्थित छ । माईजोगमाई गाउँपालिका विश्वभरका असंख्य पर्यटक रमाउने पर्यटकीयस्थलले भरिपूर्ण छ ।


हिमश्रङ्खलाको दृश्य, प्राकृतिक सुन्दरतासँगै फकर–फरक मौसममा फुल्ने लालिगुराँस, सुनाखरीको सुगन्धले माईजोगमाई पुग्ने पर्यटकको मन फुरुङ्ग बनाउँछ । प्राकृतिक टावर झै अग्ला डाँडाहरुबाट दर्जनौ हिमालका चुचुराको दृश्यावलोकनले पर्यटकलाई यहाँका पर्यटकीयस्थलमा पुग्ने जो कोहिलाई लोभ्याउँछ ।

प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, हरियाली वन जंगल, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, सिमसार र धार्मिकस्थल माईजोगमाईमा हजारौँ पर्यटक भित्र्याउने आधार हुन् ।


जौबारी, फाटक, तुम्लिङ्ग, मेघमा, आहालभञ्ज्याङ्ग, थुम्के, नयाँबजार क्षेत्र अधिक पर्यटक पुग्ने माईजोगमाई गाउँपालिका भित्रका पर्यटकीयस्थल हुन् । उत्तरे पोखरी, मलु पोखरी, साङ्ग छोलिङ गुम्बा, महादेवस्थान, माइवेनी क्षेत्र, साततले झरना पनि प्रचुर पर्यटकीय संभावना भएका क्षेत्र हुन् ।


जौबारीबाट २ किलोमिटरको यात्रामा पुगिने क्षेत्र हो फाटक । फाटक क्षेत्र पर्यटकहरुले नेपाल र भारतका दर्जनौ हिमश्रङ्खलासँगै ग्रामिण भु–भागको दृश्यावलोकन गर्ने विश्वभरमा लोकप्रिय गन्तव्य हो ।


नेपाल भारतको सीमा रेखामा पर्ने फाटकमा नेपालबाट भारत र भारतबाट नेपाल आउजाउ गर्ने सडक जोडिएको छ । फाटकबाट कंचनजंघा, कुम्भकर्ण, मनास्लु लगायतका हिमश्रङ्खालाको दृश्यमा रमाउन सकिन्छ । यी क्षेत्रमा पर्यटक सहजै पुग्नका लागि सडक निर्माणको काम प्रदेश सरकारबाट हुँदै आएको माईजोगमाई गाउँपालिका अध्यक्ष कुस बहादूर थेवेले बताए ।


नेपाल भारतसँगै युरोपसम्मका पर्यटकहरुको गतन्तव्यस्थल माईजोगमाई गाउँपालिका २ मा अवस्थित तुम्लिङ्ग, टङ्लु र मेघमा पर्दछन् । यहाँ फाटक भएरै पुगिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार