Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई अस्पतालको निर्माण कार्य तिब्र

माई अस्पतालको निर्माण कार्य तिब्र

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २ २०७९


माई अस्पतालको निर्माण कार्य तिब्र

माई । इलामको माई नगरपालिका–२ सितलीमा १५ बेडको अस्पताल निर्माण कार्यले तिव्रता लिएको छ । सुविधासम्पन्न अस्पताल विहिन रहेको इलामको कान्छो नगरपालिकामा माई अस्पताल निर्माण कार्य अघि बढेको हो । ओमसाई राम/एस.ए.एस./देविडाडा जे.भी.इलामले आर्थिक बर्ष ०७७÷७८ मा सम्झौता गरी निर्माण कार्य थालेको छ ।

भ्याट र पि.एस सहित १० करोड ७० लाख २८ हजार ६९३ रुपैया ३८ पैसा लागतमा निर्माण हुने अस्पताल आगामी बर्ष असार २५ भित्र सम्पन्न हुने गरी सम्झौता भएको नगरले जनाएको छ । आरसीसी फ्रेम स्ट्रक्चरमा हुने अस्पताल भित्र मुख्य अस्पताल, पोष्टमार्टम घर, क्यान्टिन, चिकित्सक आवास लगायतको संरचना निर्माण हुनेछन् ।

झापासंग नजिक भएपनि तत्कालि बिरामी हुँदा उपचारको लागि विर्तामोडसम्म जानुपर्ने बाध्यता रहेको छ । कोभिड संक्रमणको समयमा उपचारका लागि महंगो खर्चमा सुविधासम्पन्न अस्पतालमा पुग्नुपर्ने बाध्यता भएपछि नेपाल सरकारले २०७७ सालमा ५ देखि १५ बेडको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार माई नगरपालिकामा निर्माण हुने अस्पताल पुर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । हाल नगरले गरुवा बहुमुखी क्याम्पस परिसरमा अस्पताल संचालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार