Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङ्ग गाउँपालिकामा अम्लिसोबाट आम्दानी (फोटो फिचर)

माङ्सेबुङ्ग गाउँपालिकामा अम्लिसोबाट आम्दानी (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • आइतबार, माघ २९ २०७९


माङ्सेबुङ्ग गाउँपालिकामा अम्लिसोबाट आम्दानी (फोटो फिचर)

माङ्सेबुङ्ग । इलामको पश्चिमि गाउँपालिका माङ्सेबुङ्ग गाउँपालिकामा अम्रिसो खेती किसानको आम्दानी श्रोत भएको हो । कुचोका लागि प्रयोग हुने अम्रिसोको फुलको मूल्य राम्रो पाइने भएपछि अम्रिसो किसानको आम्दानीको मुख्य श्रोत भएको हो ।
अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय,बहुउपयोगी घाँस हो । अम्रिसोको फुल कुचोमा प्रयोग हुन्छ । र डाँठ भने दाउराका रुपमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसोबाट आम्दानी राम्रो हुन थालेपछि किसानले व्यवसायीक खेती गर्दै आएका छन् ।


लामो डाँठ भएको रातो रङको फुल फुल्ने अम्रिसोको खेती हुने भएकाले व्यवसायीले पनि बढी माग गरेको माङ्सेबुङ २ का वडाध्यक्ष कृष्ण बहादूर बस्नेत बताए । अम्रिसोको घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेको शिताड्डज्वरो लाग्ने सम्भावना कम हुन्छ । अम्रिसो खेती एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँस र फुलबाट आम्दानी लिन सकिन्छ ।


फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराको रूपमा प्रयोग गरिने भएकाले किसानले खेती गर्दै आएका छन् । अम्रिसो अहिले प्रतिकिलो १ सय ३० देखि ३२ रुपैयाँसम्म संकलन हुने स्थानीय व्यवसायी बालकृष्ण बस्नेतले बताए ।
जरा माटोमा राम्ररी फैलिएर जाने भएकोले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ । अम्रिसोको खेती नेपालका पूर्वी पहाडी जिल्लाहरुमा खेती हुँदै आएको छ । इलाममा व्यवसायीक खेती हुने अम्रिसो झापाको दमक, बिर्तामोड र धुलाबारीमा निर्यात हुने गरेको माङ्सेबुङ ३ का अध्यक्ष जनम खम्बुले बताए । किसानले अम्रिसो घाँसलाई डिल, कान्ला, पाखोबारी तथा नदीका बगरहरूमा लगाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार