Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कटक-गोकुल भलिवल प्रतियोगिता : उपाधि बिबिएस दोश्रो बर्ष र बिएड दोश्रो बर्षले जित्यो

कटक-गोकुल भलिवल प्रतियोगिता : उपाधि बिबिएस दोश्रो बर्ष र बिएड दोश्रो बर्षले जित्यो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ २७ २०७९


कटक-गोकुल भलिवल प्रतियोगिता : उपाधि बिबिएस दोश्रो बर्ष र बिएड दोश्रो बर्षले जित्यो

इलाम । अखिल ( क्रान्तिकारी ) महेन्द्र रत्न बहुमुखी क्याम्पस समितिले आयोजना गरेको अन्तर संकायगत कक्षा स्तरिय छात्रा/ छात्र ‘कटक-गोकुल भलिवल प्रतियोगिता’को उपाधि बिबिएस दोश्रो बर्ष र बिएड दोश्रो बर्षले जितेका छन् । आज सम्पन्न फाइनल खेलमा पुरुष तर्फ बिबिएस दोश्रो बर्षले तेश्रो बर्षलाई हराउँदै उपाधि जितेको हो । त्यसैगरी महिला तर्फ बिएड दोश्रो बर्षले बिबिएस पहिलो बर्षलाई हराउँदै उपाधि जितेको छ ।

पुरुष तर्फ बिजेताले ८ हजार उपविजेताले ५ हजार रुपैया प्राप्त गरेका छन् । महिला तर्फको बिजेताले ५ हजार र उपविजेताले ३ हजार रुपैया प्राप्त गरेका छन् । अखिल (क्रान्तिकारी) महेन्द्र रत्न बहुमुखी क्याम्पस  समिती अध्यक्ष राजेन्द्र लोहारको अध्यक्षता रहेको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) प्रदेश १ समिती सदस्य प्रभास शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख खगेन्द्र चापागाईं, नेकपा (माओवादी केन्द्र ) प्रदेश १ समिती सदस्य दिपेन राई, बेपत्ता गोकुल निरौलाका दाजु टिबि निरौला रहेका थिए । कार्यक्रममा माओवादी केन्द्रका नेता तारा घिमिरे, अखिल (क्रान्तिकारी ) केन्द्रिय सदस्य बिपिन पोख्रेल ,प्रमिला तामाङ, जिल्ला अध्यक्ष नयन राई , जिल्ला सह–सचिव शेखर तिम्सिना लगायत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार