इलाम । लेकाली क्षेत्रमा खेर जाने अर्गेलीको जापान निर्यात हुन थालेपछि इलामका ग्रामीण क्षेत्रमा प्रशोधन हुन थालेको छ । नेपाली कागजको कच्चापदार्थ अर्गेलीको बिदेश नर्यातले गाउँमा प्रशोधन उद्योग संचालनपछि रोजगारीका अवसर पनि थपिएका छन् ।

अर्गेली नेपाली कागज बनाउने कच्चा पदार्थ हो । लोप हुन लागेको अर्गेलीको व्यवसायीक खेती विस्तार भएपछि अहिले इलामा प्रशोधन समेत हुन थालेका छ । जापानिज यान बनाउन प्रयोग हुने अर्गेलीको निर्यात हुन थालेपछि प्रशोधन हुने उद्योगको स्थापना हुने क्रम बढेको हो । अर्गेलीको संकलन पछि प्रशोधन हुन थालेपछि गाउँमा रोजगारीका अवसर थपिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा अर्गेली खेती हुन्छ । अर्गेलीको बिरुवाबाट चार वर्षपछि प्रशोधन गर्न सकिन्छ । केही वर्ष अघि सम्म गाई वस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले गुणस्तरको कागज समेत बनाउने गरिन्छ । जंगलमै उच्च गुणस्तरको जापानीज कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मुल्य समेत राम्रो पाएको सन्दकपूर २ का वडासदस्य अमृत राईले बताए ।

अर्गेली प्रशोधनका लागि हाते कागज उद्योग स्थापना भएपछि निम्न आय भएका युवायुवतीहरुले रोजगारी समेत पाएका छन् । अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको छ । अर्गेलीको कच्चापदार्थ निर्माणका लागि कामदारले प्रतिकिलो ६० र दैनिक खाजा ५० रुपैया पाउने गरेका छन् ।
अर्गेलीको प्रशोधन गरि उत्पादीत कागज धेरैजसो जापान निर्यात हुँदै आएको छ । जंगलमा प्राँकृतिक रुपमा उम्रीएको अर्गेलीको पाटबाट लेकाली गाउँका किसानहरु अर्गेलीको व्यवसायीक खेतीमा लागेका छन् । अर्गेलीको व्यवसायीक खेतीमा लागेका किसानहरुले मिलेर इलामका लेकाली क्षेत्रका बगानमै प्रशोधनको काम गर्दै आएको सन्दकपूर २ का अध्यक्ष सनम राईले बताए ।