Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर ५ जमुनामा निर्माण भएको गुम्बाको भव्यरुपमा उद्घाटन (फोटो फिचर)

सन्दकपूर ५ जमुनामा निर्माण भएको गुम्बाको भव्यरुपमा उद्घाटन (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • आइतबार, माघ २२ २०७९


सन्दकपूर ५ जमुनामा निर्माण भएको गुम्बाको भव्यरुपमा उद्घाटन (फोटो फिचर)

जमुना । इलामको सन्दकपूर ५ स्थित जमुनामा रहेको श्री साङ छोलिङ बौद्ध गुम्बाको उद्घाटन गरिएको छ । देश विदेशका रहेका वौद्ध धर्मावलम्वि, स्थानीय समुदाय र सन्दकपूर गाउँपालिकाको लगानीमा गुम्बा निर्माण गरेको हो ।

गुम्बाको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, पूर्व अध्यक्ष उदय राई र धर्मगुरु महामहिम खेन रिन्पोन्चे श्री साङ रङज्यूङले संयुक्त रुपमा उद्घाटन गरे । सुन्दर र कलात्मक गुम्बाको उद्घाटन उद्घाटन गर्दै सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले नेपालको जातिय संस्कृति,रहनसहन र धार्मिकस्थलहरु आन्तरिक र बाह्य पर्यटक तान्ने माध्यम बन्ने विश्वास व्यक्त गरे ।


जमुनाको नवनिर्मित गुम्बा जमुना क्षेत्रमा आउने पर्यटकहरुको गन्तव्यस्थल बन्ने सन्दकपूर गाउँपालिका निर्वतमान अध्यक्ष उदय राईले बताए । गुम्बामा सन्दकपूर ५ का अध्यक्ष यज्ञ गुरु, ४ का अध्यक्ष ढाल बहादूर गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गुरुङ, मगर र लिम्बु जातिको सास्कृतिक झाँकि प्रस्तुत गरिएको थियो । गुम्बाका अध्यक्ष लोपेन श्री साङ्गेलेगदेन गुरुङ्गको अध्यक्षता रहेको कार्यक्रममा तमु छोज दि इलामका अध्यक्ष दिपक गुरुङ्ग, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई लगायतले गुम्बाको निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

गुम्बा उद्घाटनमा गाउँमा छुट्टै रौनक

गाउको रौनकमा केहि दिनदेखि भिन्नता देखिएको छ । कोही ढिकी कुट्न व्यस्त छन् त कोही जातो पिध्न । कोहि धान सुकाएर कुट्ने तयारीमा जुटेका छन् त कोहि टपरा दुहुना वोता उन्नमा । माघको कठ्याङ्ग्रिने जाडो यो पटक छैन । दिनभर घाम लागेकाले गाउलेलाई हरेक काममा सहजता भएको छ । यूवाहरुको एउटा टोली टोल र वाटो घाटो सरसफाईमा साता दिन अघिदेखि अवरोत्र खटेको छ ।

अतिथिलाई सयपत्रीको माला उन्ने चेलीहरुको पनि कमि छैन । गाउका पर्यटकीय स्थलहरु चन्द्रपाल थेवे ढापपोखरी र हा“गेथाम जस्ता क्षेत्रलाई चिरिच्याट्टै पार्न पनि कुनै कन्जुस्याई बा“की देखिदैन । यो रौनक हो जिल्लाको उत्तरी सन्दकपुर गाउपालिका वडा नं। ५ जमुनाको । स्थानीयको पहलमा निर्माण भएको बौद्ध गुम्वाको उद्घाटन समारोहकालागि यो तयारी गरिएको हो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा १० हजार धेरै धर्म अनुयायीलाई गाउ भित्र्याउने लक्ष्य लिएको आयोजकले आगन्तुक सवैलाई अर्गानिक स्वागत गर्नको निम्ती यो तयारी गरेको हो । कार्यक्रममा सम्भव भएसम्म गाउ“मा नै भएका सामाग्रीको प्रयोग गरिदै छ । जस्तो स्वागत गेटकालागि धुपी सल्लासहित काठ र बाँसको प्रयोग । खाद्य सामाग्रीमा पनि स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने ध्येयले बेसी माइटारको धान मात्र हैन लेकाली हाँगेथाम, पिप्लेलगायत क्षेत्रको मकैसहित त्यहा“को उत्पादन अतिथिलाई चखाउने उनीहरुको उदेश्य छ ।

‘यो कार्यक्रमलाई धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण वनाउने अभियान हो,’ गुम्वा निर्माण तथा आयोजनमा सक्रिय ठाकुर गुरुङले भने, ‘कार्यक्रममा नेपाल र भारतसहित गुम्वा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अन्य देशका धर्मालम्वी पनि आउने भएकाले कार्यक्रमलाई विषेश वनाउन खोजिएको छ ।’

यो क्षेत्रमा गुरुङ, शेर्पालायतको वाक्लो बसोबास छ । जमुनाको घुम्तीडाँडा भन्दा केहि माथि रहेको पुरानो गुम्वा जिर्ण वन्दै गएपछि ‘साङ् छयोलिङ बौद्ध गुम्वा’लाई करिव २ करोड खर्चेर भव्य वनाइएको हो । गुम्वा निर्माणदेखि आयोजना हुन लागेको कार्यक्रमकालागि बौद्धधर्मालम्वी मात्र हैन अन्य धर्मालम्वीहरुको पनि उत्तिकै सकृयता हुनुले यहा“को धार्मिक र सामाजिक सहिष्णुतालाई पनि प्रश्ट्याउछ ।

यो अवसरमा स्थानीय युवाहरुलाई धार्मिक र सामाजिक अभियानमा समेट्दै समग्र गाउ“को परिचयलाई उचो वनाउने अभियानमा लागेको लामो समयसम्म कोरिया बसेर गाउ“ फिरेका दर्पण गुरुङ वताउछन् । धार्मिक र सांस्कृतिक पाटोलाई उजागर गर्दै युवापुस्ता माझ हस्तान्तरणकालागि पनि यसलाई अवसरको रुपमा लिइएको उनको भनाई छ ।

माघ २२ देखि २४ गते हुने उद्घाटन समारोहमा धार्मिक व्यक्तित्वसहित समाजका विभिन्न क्षेत्रका अगुवाहरुको उपस्थिती रहनेछ । कार्यक्रममा उपाध्यय खेन रिन्पोछे साङ्गे रङच्युङको उपस्थिती विषेश रहने आयोजनामा सकृय इन्द्र गुरुङले वताए । तीन दिनसम्म चल्ने समारोहमा धार्मिक, सांस्कृतिकलगायतका विविध कार्यक्रम आयोजना हुनेछन् ।

सदरमुकाम इलामवाट २५ किलोमिटर उत्तरमा रहेको भारतीय सीमावर्ती यो गाउँ धार्मिक, सांस्कृतिक, जैविक विविधताले धनी छ भने पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार