Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

  • लोकल सन्देश
  • आइतबार, माघ २२ २०७९


पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो । लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए

मुशर्रफ धेरै महिनादेखि अस्पतालमा भर्ना थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका कारा उनका सबै अंगले काम गर्न बन्द गरेको बताएका थिए । ब्रिटेनको नेशनल हेल्थ सर्भिसका अनुसार अमाइलोइडोसिस दुर्लभ र गम्भीर रोगको एक समूह हो । यसमा मानिसको शरीरमा अमाइलोइड नामको असामान्य प्रोटिन बन्न थाल्छन् । यो मुटु, मिर्गौला, स्नायु प्रणाली, दिमाग आदि अंगमा जमा हुन थाल्छन् जसका कारण यी अंगका तन्तुले राम्रोसँग काम गर्दैन ।
सेनामा जोडिए मुशर्रफ, सन् १९६५ मा भारतसँग लडेका थिए युद्ध, पाकिस्तानले वीर ठानेको थियो
कलेज पढेपछि २१ वर्षको उमेरमा परवेज मुशर्रफ पाकिस्तानी सेनामा जुनियर अफिसरको रूपमा भर्ना भए । उनले सन् १९६५ को युद्धमा भारतविरुद्ध लडेका थिए । यो युद्ध पाकिस्तानले हार्यो । यसका बावजुद मुशर्रफलाई बहादुरीका साथ लडेको भन्दै पाकिस्तान सरकारले पदक दिएको थियो ।

मुशर्रफले सन् १९७१ को युद्धमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यो देखेर सरकारले उनलाई पटकपटक बढुवा गरेको थियो । परवेज मुशर्रफ सन् १९९८ मा जनरल बनेका थिए । आफ्नो जीवनी ‘इन द लाइन अफ फायर – ए मेमोयर’ मा जनरल मुशर्रफले कारगिल कब्जा गर्ने बाचा गरेको लेखेका छन् । तर नवाज सरिफका कारण उनले त्यसो गर्न सकेनन् ।
जुन नवाज शरिफले सेनाध्यक्ष बनाए, उनले नै सत्ताबाट निकालिदिए
सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका थिए । तर एक वर्षपछि नै १९९९ मा जनरल मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरे र पाकिस्तानलाई कब्जामा लिए । नवाज सरिफले सत्ता सम्हाल्नेबित्तिकै परिवारसहित पाकिस्तान छोड्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार