फाकफोकथुम । एकिकृत अखिल नेपाल शिक्षक संगठनको फाकफोकथुम गाउँपालिका इलामको पालिका सम्मेलन सम्पन्न भएको छ । शेर बहादुर पाण्डेकाे अध्यक्षतामा नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्ष लक्षमण घतानी प्रमुख आतिथ्यतामा, संगठनका जिल्ला अध्यक्ष उमाकान्त भट्टराई, संगठनका प्रदेश कमिटी सदस्य गोपाल खजुम र प्रेश सेन्टरका केन्द्रिय सदस्य राम योङ्हाङको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले जगत लिम्बुको अध्यक्षतामा १३ सदस्य पालिका समिति गठन गरेको छ । उपाध्यक्षमा चन्द्र कुमारी लिम्बु, सचिव रञ्जिता राई, कोषाध्यक्ष भुपाल कोइराला रहेका छन् । सदस्यमा भुमिप्रसाद भट्टराई, राम कुमार राई, मनकुमार राई, दिपेश चौधरी, योगेन्द्र बोहोरा, तारा रोइला, सेरबहादूर पाण्डे, विकास लिम्बु र इन्द्र लिम्बु सदस्य भएका छन् ।
कार्यक्रममा संगठनका जिल्ला सह सचिव ज्ञानेश्वर श्रेष्ठ, प्रेश सेन्टर नेपालका जिल्ला उपाध्यक्ष लिला लिम्बु, केन्द्रिस सदस्य राम योङ्हाङ, जिल्ला सचिव अमृत योङहाङ, जिल्ला कोषाध्यक्ष लोकराज लिम्बु प्रदेश सदस्य गोपाल खजम, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्ष लक्ष्वण घतानी र संगठनका जिल्ला अध्यक्ष उमाकान्त भट्टराईले समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन व्यक्त गरेका थिए ।