फिक्कल । इलामको माई नगरपालिका–७ महमाईमा आगामी फागुन ४ गते देखि तेश्रो संस्करणको महमाई मिनी गोल्डकप पुरुष तथा महिला फुटबल हुने भएको छ । नेपाल तरुण दल माई–७ को आयोजना र महमाई एकता क्लबको सह आयोजनामा प्रतियोगिता हुने भएको हो आयोजकले आगामी माघ २८ गतेसम्म टिम दर्ता गर्न आहवान गरेको छ ।
हरेक बर्ष प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता हुँदै आएको छ । अघिल्लो संस्करणको तुलनामा यस बर्ष पुरस्कार राशीमा समेत वृद्धि भएको छ । फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको पुरुष तर्फ बिजेताले ७५ हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ । महिला तर्फ बिजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् ।
गत संस्करणमा पुरुष तर्फ विजेताले ५१ हजार रुपैया र उपविजेताले २० हजार रुपैया प्राप्त गरेको थियो । महिला तर्फ बिजेताले २० हजार र उपविजेताले १० हजार रुपैया प्राप्त गरेको थियो । अघिल्लो संस्करणको प्रतियोगिताको उपाधि लाईन्स क्लब शनिश्चरे र माङ्सेबुङ स्पोटिङ क्लबले हात पारेको छ।
फाइनल खेलको पुरुष तर्फ लाईन्स क्लब शनिश्चरे झापाले एभरग्रीन लक्ष्मिपुरलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । महिला फुटबल प्रतियोगितामा माङ्सेबुङ स्पोटिङ क्लवले जुनतारा स्पोटिङ क्लब खुदुनाबारीलाई ट्राईवेकरमा ४–३ गोल अन्तरमा जित हासिल गरेको छ ।