Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सर्वसाधारणलाई एशियन हाइड्रोको आइपिओ माघ २७ देखि

सर्वसाधारणलाई एशियन हाइड्रोको आइपिओ माघ २७ देखि

  • लोकल सन्देश
  • मंगलबार, माघ १७ २०७९


सर्वसाधारणलाई एशियन हाइड्रोको आइपिओ माघ २७ देखि

इलाम । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आइपिओ निष्काशन गरिसकेको छ ।

त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । अब कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर बाँकि रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । यस निष्काशनमा सर्वसाधारणले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार