इलाम । इलामको सन्दकपूर गाउँपालिकाले सामाजिक परिक्षणको कामको थालनी गरेको छ । स्वतन्त्र संस्थाको छनौट गरि सन्दकपूर गाउँपालिकाले सामाजिक परिक्षणको काम गर्नका लागी बिहिबारबाट शुरु गरेको हो ।

प्रमुख प्रशासनिक केन्द्र, ५ वटै वडा कार्यालय र संघ संस्थाका कार्यलयमा पुगेर गरिने सामाजिक परिक्षण कार्यक्रमको बिहिबार सन्दकपूर गाउँपालिका अध्यक्ष तुला गुरुङले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ गाउँसभाले लिएका निति र कार्यक्रम सहि छ की छ्रैन भन्ने समेत मुल्याङ्कन जनताबाट संकलन हुने भएकाले सामाजिक परिक्षण कार्यक्रमले आगामि आर्थिक वर्षमा लिइने निति तथा कार्यक्रमबाट सुधारको अवसर पाउने बताए ।

सामाजिक परिक्षण कार्यक्रमको महत्वबारे जानकारी दिँदै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले अंक प्राप्त गर्न मात्रै हिसाबले सामाजिक परिक्षणको काम नभएकाले सबै नगरबासीलाई खुलस्त रुपमा सेवा प्रवाहबारे जनकारी दिन आग्रह गरे । सामाजिक परिक्षणको काम सबै वडामा हुने भएकाले सामाजिक परिक्षण कार्यक्रमको सुचना पाएपछि सबै वडाबासी उपस्थित भएर आफ्ना गुनासा र सुझाव राखेमा आगामि योजना निर्माणमा सहयोग पुग्ने राईले बताए ।

जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, नागरिक समाज, संघ संस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा पूर्वाञ्चल स्कील एण्ड इञ्जिनियरिङ्ग कन्सलटेन्सि प्रा लिका सहजकर्ता विपनम गुरुङ्ग सहजीकरण गरेकी थिइन् ।
