Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामकी जुनी सहित साग पदक विजेतालाई सम्मान

इलामकी जुनी सहित साग पदक विजेतालाई सम्मान

  • लोकल सन्देश
  • शुक्रबार, माघ १३ २०७९


इलामकी जुनी सहित साग पदक विजेतालाई सम्मान

इलाम । सागको स्वर्ण विजेता इलामकी जुनी राई सहित १९ जना खेलाडी र अफिसियललाई किरात राई खेलकुद संघले नेपालमा नगदसहित सम्मान गरेको छ। संघले बिहीबार आफ्नो १०औं स्थापना दिवसको अवसरमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो।

संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो। सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन्। सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन्।

त्यस्तै बास्केटबलका डा आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ।
कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए।

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद पत्रकार संघले खेलाडीको सम्मान गरको संघका अध्यक्ष सञ्जय राईले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार