इलाम । शुकराज राई निर्णायक बन्दा इलाम नगरकपको फाइनलमा वडा नं ३ पुवामझुवा प्रवेश गरेको छ । इलाम नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नं ९ लाई २–१ ले हराउँदै कम्तीमा ७५ हजार सुरक्षित गरेको हो ।
पुवामझुवाको जितमा दुवै गोल शुकराज राईले गरेका थिए । खेलको सुरुवाती अग्रता वडा नं ९ ले लिएको थियो । खेलको ८ औ मिनेटमा हरि सिटौलाले गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको पुवामझुवाले दोश्रो हाफमा अग्रता उल्टायाउँदै २ गोल गर्न सफल रहयो । ५३ औँ मिनेटमा बराबरी गोल गरेका शुकराजले ६४ औ मिनेटमा दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम २ मा प्रवेश गराए ।
खेलको म्यान अफ दि म्याच शुकराज घोषित भए । दोश्रो सेमीफाइनल खेलमा वडा नं ५ र वडा नं ७ भिड्नेछन् । वडा नं ५ ले वडा नं १० लाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । उता वडा नं ७ ले वडा नं ११ र वडा नं ६ लाई हराएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।