Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम नगरकप : वडा नं ५ को जितसंगै सेमीफाइनल समिकरण पुरा

इलाम नगरकप : वडा नं ५ को जितसंगै सेमीफाइनल समिकरण पुरा

  • लोकल सन्देश
  • मंगलबार, माघ ३ २०७९


इलाम नगरकप : वडा नं ५ को जितसंगै सेमीफाइनल समिकरण पुरा

इलाम । इलाम नगरकपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ५ बिजयी भएसंगै सेमीफाइनलमा भिड्ने टिम तय भएको हो ।
वडा नं ५ ले वडा नं १० लाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

वडा नं ५ को जितमा आशिष राई, आदर्श गुरुङ र मिलन लिम्बुले गोल गरे । खेलको पहिलो मिनेटमा नै आशिष राईको गोलबाट वडा नं ५ ले अग्रता लिएको थियो । खेलको २३ औँ मिनेटमा आदर्श गुरुङले गोल गर्दै अग्रता दोव्वर बनाएका थिए । खेलको ५२ औँ मिनेटमा आशिष राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को स्कोरमा पु¥याए ।

खेलको ५७ औँ मिनेटमा मिलन लिम्बुले गोल गदै ४–० को जित दिलाए । खेलको मेन अफ दि म्याच विजयी टिमका मिलन लिम्बु घोषित भए । माघ ४ गते प्रतियोगिताको पहिलो सेमीफाइनलमा वडा नं ९ र वडा नं ३ भिड्ने छन् । माघ ५ गते दोश्रो सेमीफाइनलमा वडा नं ५ ले वडा नं ७ को सामना गर्नेछ ।

इलाम नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार