Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम नगरकप : वडा नं ३ सेमीफाइनल प्रवेश

इलाम नगरकप : वडा नं ३ सेमीफाइनल प्रवेश

  • रोशन राई
  • सोमबार, माघ २ २०७९


इलाम नगरकप : वडा नं ३ सेमीफाइनल प्रवेश

इलाम : इलाम नगरकपको सेमीफाइनलमा वडा नं ३ पुवामझुवा प्रवेश गरेको छ । आज सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा वडा नं ८ लाई ३—० गोल अन्तरले हराउँदै पुवामझुवाले सेमीफाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोश्रो हाफमा ३ वटै गोल सम्भव बन्यो । ४९ औँ मिनेटमा विक्रम तामाङले सुरुवाती अग्रता दिलाए । ५४ औ मिनेटमा मिङ्मा गुरुङले अग्रता दोब्बर बनाए ।

२ मिनेट नवित्दै मिङ्माले व्यक्तिगत दोश्रो गरेपछि पुवामझुवा ३—० गोल अन्तरको साथ अन्तिम चारमा स्थान बनाउन सफल रहयो । खेलको म्यान अफ दि म्याच विजेता टोलीमा मिङ्मा गुरुङ घोषित भए । फाइनल प्रवेशका लागि वडा नं ३ ले वडा नं ९ संग प्रतिस्पर्धा गर्नेछ । अन्तिम सेमीफाइनल खेलमा वडा नं १० र ५ प्रतिस्पर्धा गर्नेछन् ।

इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइन पुग्ने २ टोलीले जनही २५ हजार प्राप्त गर्ने आयोजक इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार