Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू)

योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू)

  • लोकल सन्देश
  • आइतबार, माघ १ २०७९


योग गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् । भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले पनि योग गरे । कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए ।

प्रमुख अतिथिको आसनमा रहेका प्रधानमन्त्री प्रचण्डले मञ्चमै गुरुको साथमा योग गरेका हुन् ।

आजका दिनलाई नेपालमा राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ । आज ‘स्वस्थ जीवनको चाहना स् योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । अन्तर्राष्ट्रिय योग दिवस भने २१ जुनमा मनाउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार