Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम नगरकप : गोदकको जितमा जेम्स निर्णायक

इलाम नगरकप : गोदकको जितमा जेम्स निर्णायक

  • लोकल सन्देश
  • बिहिबार, पौस २८ २०७९


इलाम नगरकप : गोदकको जितमा जेम्स निर्णायक

इलाम । जेम्स राई निर्णायक बनेपछि इलाम नगरपालिका–१० गोदक इलाम नगरकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ७८ औ मिनेटमा उनले निर्णायक गोल गरेपछि गोदकले वडा नं १ साखेजुङलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दोश्रो हाफको करिब अन्तिम समयमा जेम्स निर्णायक बने । गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए । शुक्रबार पहिलो क्वाटरफाइनल खेलमा वडा नं ९ ले वडा नं १२ को सामना गर्दैछ । यसअघि उद्धघाटन खेलमा वडा नं १२ ले वडा नं २ लाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

वडा नं ९ वाई पाउँदै सोझै क्वाटरफाइनल प्रवेश गरेको हो । माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उप विजेताले नगद ७५ हजार प्राप्त गर्नेछ । सेमिफाइनल खेल्ने २ टीमले नगद २५ हजार पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता गत पुष २५ गतेबाट इलामको ठुलो टुडिखेलमा संचालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार