फिक्कल । एकता खुल्ला लातेभकुण्डो प्रतियोगिता अन्र्तगत आजको खेलमा तीनघरे एफसी र युनाइटेड युथ आरुबोटे बिजयी भएको छ । सूर्योदय नगरपालिका–९ गहिरी गाउँमा जारी प्रतियोगिताको पहिलो खेलमा तीनघरेले कन्यामलाई हराएको हो । तीनघरेको जितमा प्रशन राईले २ गोल गरे । कन्याममा मनिष लिम्बुले १ गोल फर्काए ।
त्यसैगरी दोश्रो खेलमा केवाइसी कुटिडाँडालाई १–० गोल अन्तरले हराउँदै आरुबोटे समेत बिजयी भएको छ । त्यसैगरी शुक्रबार रम्भ्याङ स्र्पोटिङ र मानेक्याम्प क्लब बिच खेल हुनेछ । एकता शान्ति क्लबको आयोजनामा आगामी माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।