Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम नगरकप : वडा नं ११ लाई हराउँदै वडा नं ७ क्वाटरफाइनलमा प्रवेश

इलाम नगरकप : वडा नं ११ लाई हराउँदै वडा नं ७ क्वाटरफाइनलमा प्रवेश

  • लोकल सन्देश
  • मंगलबार, पौस २६ २०७९


इलाम नगरकप : वडा नं ११ लाई हराउँदै वडा नं ७ क्वाटरफाइनलमा प्रवेश

इलाम । इलाम नगरकपको सोमबारको खेलमा वडा नं ७ बिजयी भएको छ । इलामको ठुलो टुँडिखेलमा जारी प्रतियोगिताको दोश्रो दिनको खेलमा वडा नं ७ ले वडा नं ११ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवाती ९ मिनेटमा पासाङ शेर्पाले अग्रता दिलाएका थिए । २८ मिनेटमा विनोद धमलाको गोलमा अग्रता दोव्वर पारे ।

६९ मिनेटमा युुवराज थुलुङको गोल संगै वडा नम्बर ७ ले ३–० ले नतिजा आफ्नो पक्षमा पारेको हो । जितसंगै वडा नं ७ क्वाटरफाइनल प्रवेश गरेको छ । सेमीफाइनल प्रवेशका लागि उसले वडा नं ६ को सामना गर्नेछ । खेलको म्यान अफ दि म्याच विशाल घलान घोषित भए । बुधबारको वडा नं ४ र ८ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताबाट आगामी संस्करणको माईभ्याली गोल्डकपका लागि घरेलु टोली तयार गरिने छ । प्रतियोगितामा सहभागिता जनाएका टिमले वडा भन्दा बाहिरका ४ जना इलामका खेलाडीहरुलाई सहभागिता गराउने पाउनेछन् । माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार