फिक्कल । उदय–चक्र स्मृति माघे संक्राती गोल्डकप अन्र्तगत आइतबार ५ खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सन्दकपुर खेल संघ वाकओभर पाउँदै बिजयी भएको छ । त्यसैगरी दोश्रो खेलमा एलएलफसी जमुनाले नवज्योती खेल संघलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
तेश्रो खेलमा एकेएफसी प्याङलाई १–० ले हराउँदै चापगैरी एफसी बिजयी भएको छ । त्यसैगरी अन्तिम खेलमा युनाइटेड इलामले जुनियर नवज्योतीलाई १–० ले हराएको छ । पाँचौ खेलमा गैरीगाउँ एफसीलाई १–० ले हराउँदै ड्रिम एफसी जुमना बिजयी भएको छ । प्रतियोगिताको बिजेताले ३६ हजार ३६ र उपविजेताले २१ हजार २१ प्राप्त गर्नेछ ।
प्रतियोगिता टारी फुटबल क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा संचालन भइरहेको छ । प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ ।