फिक्कल । एकता खुल्ला लातेभकुण्डो प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा माने क्याम्प एफसी र आयोजक एकता शान्ति क्लब बिजयी भएका छन् । पहिलो खेलमा तारा स्र्पोटिङ क्लबलाई हराउँदै माने क्याम्प (एमसीसी) ले दोश्रो चरणमा स्थान बनाएको हो । दोश्रो खेलमा घरेलु टोलीले मेहलबोटे एफसीलाई हराएको हो ।
दोश्रो चरण अन्र्तगत आज पहिलो खेलमा सुनौलो मालुम एफसी र युवा क्लब एफसी बिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी इडेन भ्याली एफसी र पापा सेभेन बिच प्रतिस्पर्धा हुनेछ । मालुमले आयोजक बी र युवा क्लबले काजी फाटकलाई हराएको थियो । इडेन भ्यालीले आहाले एफसी तथा पापा सेभेनले हिड्न जेम्सलाई हराएको थियो ।