Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

तीनघरे र आरुबोटे बिजयी

तीनघरे र आरुबोटे बिजयी

  • लोकल सन्देश
  • सोमबार, पौस १८ २०७९


तीनघरे र आरुबोटे बिजयी

फिक्कल । एकता खुल्ला लाते भकुण्डो प्रतियोगितामा तीनघरे एफसी र युनाइटेड युथ आरुबाटे बिजयी भएका छन् । सूर्योदय नगरपालिका–९ गहिरी गाउँमा जारी प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा तारगाउँ एफसी माथि ६–१ गोल अन्तरको फराकिलो जित दर्ता गर्दै तीनघरेले दोश्रो चरणमा स्थान बनाएको हो ।

त्यसैगरी दोश्रो खेलमा गोलाखर्कलाई टाइब्रेकरमा हराउँदै आरुबोटे समेत दोश्रो चरण प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोली बिच १–१ गोल भएपछि निर्णय टाइब्रेकरबाट भएको थियो । प्रतियोगिताको मंगलबारको पहिलो खेलमा ढोडे एफसी र कन्याम एफसी बिच खेल हुनेछ । त्यसैगरी केवाइसी कुटिडाँडाले र समृद्धि रम्फोकसंग प्रतिस्पर्धा गर्नेछ ।

खेल आयोजनास्थलमा श्री निधि मेडिकलले स्वास्थ्य सेवा पु¥याइरहेको आयोजक समितिका अध्यक्ष तेज प्रसाद ढुङ्गाना (टिका) ले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार