Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

मेलमिलापकर्ता उत्पादन गर्दै माङसेबुङ गाउँपालिका

मेलमिलापकर्ता उत्पादन गर्दै माङसेबुङ गाउँपालिका

  • लोकल सन्देश
  • शनिबार, पौस १६ २०७९


मेलमिलापकर्ता उत्पादन गर्दै माङसेबुङ गाउँपालिका

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन गर्ने भएको छ । स्थानीय स्तरमा मेलमिलाकर्ता उत्पादन गर्न गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन तालिम सुरु गरेको छ । माङ्सेबुङ गाउँपालिका न्यायीक समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा ४८ घन्टे (८ दिने) मेलमिलापकर्ता आधारभुत तालिम सुरु भएको हो ।

तालिममा गाउँपालिकाका वडास्तरबाट छनौट भएका दुई दर्जन बढी सहभागी छन् । सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता पारस राईले सहजीकरण गरिरहेका छन् । तालिम माङसेबुङ गाउँपालिकाको सभाहलमा संचालन भईरहेको छ । तालिम २२ पुससम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार