Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

रहेनन् महान फुटबल खेलाडी पेले

रहेनन् महान फुटबल खेलाडी पेले

  • लोकल सन्देश
  • शुक्रबार, पौस १५ २०७९


रहेनन् महान फुटबल खेलाडी पेले

इलाम । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ। ८२ वर्षीय पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए। अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ। पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए ।

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन्। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार