इलाम । जिल्ला अस्पताल इलाममा संचालित स्वास्थ्य हेल्प डेक्स विधिवत उद्धघाटन गरिएको छ । इलाम नगरपालिका केदार थापा र उपप्रमुख बिष्णु दाहालले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । नगरपालिकाले करिब ९ लाख रुपैया लगानीम हेल्प डेक्स निर्माण भएको थियो ।
हेल्प डेक्सको संचालन पछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता हुने अपेक्षा राखिएको छ । त्यसैगरी इलाम नगरपालिका–३ बाघखोरमा आधारभुत स्वास्थ्य केन्द्रको समेत उद्धघाटन गरिएको छ । नगर प्रमुख थापा र उपप्रमुख दाहालले केन्द्रको उद्धघाटन गरेका हुन् ।
