Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलचुली गाउँपालिमा पालिकास्तरीय ५ समन्वय समिति गठन (फोटो फिचर)

चुलचुली गाउँपालिमा पालिकास्तरीय ५ समन्वय समिति गठन (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • बुधबार, पौस १३ २०७९


चुलचुली गाउँपालिमा पालिकास्तरीय ५ समन्वय समिति गठन (फोटो फिचर)

 देवेन्द्र तुम्रोको अध्यक्षतामा युवा तथा खेलकुद समन्वय समिति
चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय युवा तथा खेलकुद समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र युवा तथा खेलकुदको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको युवा तथा खेलकुद समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो । कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले देवेन्द्र तुम्रोकको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो ।


समितिका उपाध्यक्षमा राजेन्द्र मगर, सचिवमा लिलानाथ बाँस्कोटा, सहसचिवमा सन्देश राई र कोषाध्यक्षमा सोफिया केरुङ मनोनित भएका छन् ।सदस्यहरुमा अर्पन राई, हर्क राई, रोसनी साँवा, कमी राई, विष्णु सम्बाहाम्फे, शुक्रराज लावती, नारायण निरौला, उद्धव ओझा, सागर फागो र चन्द्र राई मनोनित भएका छन् ।
समितिको अध्यक्ष तुम्रोकलाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र युवा तथा खेलकुद क्षेत्रका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए । समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।
महिला समन्वय समितिको अध्यक्षमा पौडेल
इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय महिला समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र महिलाको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको महिला समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो । कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा सन्तु लिम्बु, सचिवमा कला केरुङ, सहसचिवमा इश्वरा निरौला र कोषाध्यक्षमा गीता पुरी मनोनित भएका छन् ।

सदस्यहरुमा हिमा भट्टराई, उमा राई, गोमा मिश्र, शान्तकला राई, सोनी श्रेष्ठ, सरीता राई, सृजना तामाङ र निरुता बाँस्कोटा मनोनित भएका छन् । समितिकी अध्यक्ष पौडेललाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र महिला वर्गका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए । समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछिन् ।
मिलन राईको अध्यक्षतामा पालिकास्तरीय आदिवासी जनजाती समन्वय समिति
इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय आदिवासी जनजाती समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र आदिवासी जनजातिको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको आदिवासी जनजाती समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो । कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले मिलन राईको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा सुदेश राई, सचिवमा छलिमाया कुमाल, सहसचिवमा विजेन्द्र लिम्बु र कोषाध्यक्षमा सरु पालुङ्वा मनोनित भएका छन् ।

सदस्यहरुमा नविनकुमार राई, प्रेमराज लावती, शशी मगर, मनोज राई, गंगाबहादुर राई, दिपक श्रेष्ठ, चन्द्रकला दनुवार, मनकुमार तामाङ, कलबहादुर धिमाल र रनमाया थलङ मनोनित भएका छन् । समितिका अध्यक्ष राईलाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र आदिवासी जनजाति वर्गका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए । समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।
दलित समन्वय समिति गठन, अध्यक्षमा नेपाली
इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय दलित समन्वय समिति गठन भएको छ । गाउँपालिकाको दलित क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको दलित समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले जनकबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन भएको हो । समन्वय समितिका उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा खगेन्द्र दर्नाल, र कोषाध्यक्षमा पवित्रा बराईली मनोनित भएका छन् । सदस्यहरुमा भिम धमला, मानबहादुर विश्ववकर्मा, चक्र गजमेर, कल्पना विक घिमिरे, मिना दास, पवित्रा महरा र रत्नबहादुर तिरुवा मनोनित भएका छन् ।

भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति चुलाचुलीको अध्यक्षमा कोइराला
इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन भएको छ । गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्न गाउँपालिकाले स्वीकृत गरेको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो । कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । विवश बलिभद्र कोइरालाको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो ।

समन्वय समितिका उपाध्यक्षमा सुन्दर कुरुप लावती, सचिवमा रुद्र प्रभात गिरी, सहसचिव चेतन आङथुपो र कोषाध्यक्षमा वविता राई मनोनित भएका छन् । सदस्यहरुमा धनेन्द्र केरुङ, लक्ष्मण पौड्याल, मणीकुमार केरुङ, कल्पना राई, मौषम राई र सीता दर्नाल मनोनित भएका छन् ।

समितिका अध्यक्ष कोइरालालाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए । समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गरउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार