Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जुडो खेलाडी राई कंगो प्रस्थान

जुडो खेलाडी राई कंगो प्रस्थान

  • लोकल सन्देश
  • आइतबार, पौस १० २०७९


जुडो खेलाडी राई कंगो प्रस्थान

इलाम । १३ औं दक्षिण एसियाली खेलकुद सागको रजत पदक विजेता सुमित्रा राई शान्ति सेनाको लागि कंगोतर्फ प्रस्थान गरेकी छन् । जुडोकी रजत पदक विजेता इलामको फाकफोकथुम गाउँपालिका–६ की राई आइतबार कंगो प्रस्थान गरेकी हुन् । उनी विगत लामो समय देखि नेपाल आर्मीमा आवद्ध थिइन् ।

१ वर्षको लागि शान्ति सेनामा गएको उनले बताइन् । उनले नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फको ४८ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार