फिक्कल । सूर्योदय नगरपालिका–७ गुप्तीमा साना सिचाई कार्यक्रम संचालन हुने भएकोछ । सिचाईका लागि श्रोत प्राप्त भएपछि नगर प्रमुख रणबहादुर राईले कार्यक्रमको शिलान्यास गरेका छन् । ३० लाखको लागतमा निर्माण हुने आयोजनाका लागि साना सिचाई कार्यक्रमको कुल लागतको २०/२० प्रतिशत संघीय, प्रदेश र स्थानीय सरकारको लगानी हुन्छ ।
बाँकी ४० प्रतिशत मध्ये स्वीस सरकार ३० प्रतिशत र १० प्रतिशत उपभोक्ताको लगानी हुन्छ । कम घरधुरी भएपनि व्यवसायी रूपमा कृषि उत्पादनमा लागेको हुनाले थप सहयोगको निम्ति उपयुक्त रहेको नगर प्रमुख रणबहादुर राईले बताए । सूर्योदय नगरपालिकामा हाल २२ भन्दा बढि साना सिचाई कार्यक्रमका योजनाहरु संचालनमा रहेका छन् ।
केही आयोजनाहरु निर्माण भएर संचालन भएका छन् भने केही निर्माणका चरणमा छन् ।